नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष / महिला टोलीको घोषणा गरेको छ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो संघले जनाएको छ।

पुरुष/महिला दुवैमा समान १५-१५ खेलाडीको अन्तिम छनोट गरिएको खो खो संघका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जनाएका छन्। दुवै समूहमा समान १०-१० वैकल्पिक खेलाडी पनि सार्वजनिक गरिएको छ।

पुरुषमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार वर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन वल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहेका छन्।

वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोद राय दनुवार, धर्मराज कुश्वाह, मुकेश गोडार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन्।

महिलामा सरस्वती कठायत, मानमति धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, दिपा विक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहेका छन्।

प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक सूचीमा छन्।

मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ गते हुनेछ। भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी गराए। पुरुष/ महिलामा समान ४-४ खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *