नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) आजदेखि हुँदैछ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेल: काठमाडौं स्पाइकर्स भर्सेस ललितपुर क्विन्स, समय: दिउँसो ३:४५ बजे
दोस्रो खेल: मधेश युनाइटेड भर्सेस कर्णाली यसभिस, समय: दिउँसो ५:४५ बजे
तेस्रो खेल: चितवन शक्ति र गण्डकी थन्डर्स, समय: बेलुका ७:४५ बजे
