नेपाल भारतको सिक्किममा जारी प्रदेशस्तरिय बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ फाइनल प्रवेश गरेको छ ।
सिक्किम बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपालले अर्को नेपाली टोली आइएसए नेपालविरुद्ध ७० -४ को एकतर्फी जित निकाल्यो ।
लगातार दोस्रो जितसँगै नेपालले समूह ‘बी’ को विजेता तथा आइएसए नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थियो ।
नेपालले फाइनलमा सिलोङ लाबेटको सामना गर्नेछ । लाबेटले डुबख क्लबलाई ६०-४४ ले पराजित गर्यो ।

