सिएम विवेक थिङ पर्फोमेन्सका आधारमा फिडे मास्टरको उपाधि प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

विवेकले ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ अंकले बढाएर २३०१.४ पुर्याउदै यो उपलब्धि हासिल गरे ।

हंगेरीको बुढापेस्टस्थित स्पोर्टस हलमा भइरहेको यो स्पर्धामा एकल अग्रता कायम गर्न सफल भएका छन् ।

विवेकले चौथो चरणको खेलमा २२७८ रेटेड हंगेरियन मास्टर टर्जु अटिलालाई पराजित गरेका थिए ।

उनले पहिलो चरणमा जर्मनीका हाहन निक्लासलाई दोश्रो चरणमा हंगेरीका बाकी बेन्स र तेश्रो चरणको खेलमा हंगेरीकै मास्टर मेस्जारोस आन्द्रासलाई हाराएका थिए ।

स्पर्धामा चार चरणको खेल सकिदासम्म विवेकले शतप्रतिशत जित निकाल्दै चार अंक जोडेका छन् ।

विवेकले पाँचौ चरणमा ३.५ अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहेका २०७० रेटेड इटालियन ला बार्बेरा मानफ्रेडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *