पूर्वतेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट राजीनामा दिएकी छन्।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वरीयता मिच्दै आफ्नो पार्टी कांग्रेसनिकट शोभितराज प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशनमा नियुक्त गराएपछि उनले आइतबार राजीनामा दिएका हुन्। विभागका निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकास पाएका थिए।

उक्त पदमा उपनिर्देशकको रूपमा कार्यरत रहेकी संगीनाले पाउनुपर्ने थियो। यसअघि पनि राखेपले उपनिर्देशकहरूबाट वरिष्ठतताको आधारमा निर्देशकमा नियुक्त गर्दै आएको थियो।

तर, यसपल्ट वरिष्ठतता मिचेर करातेका पूर्वप्रमुख प्रशिक्षक शोभितराज गत शुक्रबार नै विभागको निर्देशकमा नियुक्त गरेपछि उनले राजीनामा दिएकी हुन्। शोभितराजभन्दा संगीना एक महिनाले वरिष्ठ हुन् ।

संगीना छनोटचरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । उनले २००४ को ग्रिस ओलम्पिकमा छनोटचरण पार गरेर प्रतिस्पर्धा गरेका थिइन्। यस्तै, आठौं र नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *