युनिधर्सियालिटी कोटाबाट ओलम्पिकमा पुगेकी सन्तोषीले १० दिन पेरिसमा अभ्यास गरेकी थिइन्।

पछिल्लो समय सन्तोषी फुल म्याराथनमा अभ्यस्त हुदैछिन्। यसअघि उनले १० हजार, ५ हजार र अन्य विधामा स्पर्धा गर्दै आएकी थिइन्।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा सन्तोषीले ऐतिहासिक स्वर्ण पदक जितेकी थिईन्। सन्तोषीको सहभागितासँगै ओलम्पिकमा नेपालको चुनौती सकिनेछ।

ओलम्पिकमा नेपालका ६ खेलाडीले सहभागिता जनाएर फर्किसकेका छन्। ओलम्पिकमा पौडीका एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए।

शाह बाहेक टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए।

ओलम्पिकको अन्तिम दिन आज २३ पदकको टुङ्गो लाग्नेछ। पदक तालिकामा अहिलेसम्म ३९ स्वर्ण, २७ रजत र २४ कास्य पदकसहित कुल ९० पदक जितेको चीन शीर्ष स्थानमा छ।

३८ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकसहित कुल १ सय २२ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ। १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जितेको अष्टेलिया तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *