नेपाली धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा ७९औं स्थान हासिल गरेकी छन् ।

नेपालकी सन्तोषी श्रेष्ठ भने ७९औं स्थानमा रहिन्। उनले सो दूरी २ घन्टा ५५ मिनेट ०६ सेकेन्डम पूरा गरिन् ।

महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्। उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्।

यस्तै, दुई घन्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथाइपियाकी असिफा दोस्रो भइन् । केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन्। उनले सो दूरी २ घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन्। महिला म्याराथनमा ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि नै टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् ।

वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकी सन्तोषी पहिलो पटक ओलम्पिकको अनुभव लिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *