सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो। भारतको भने लगातार तेस्रो खेल हो।

शुक्रबार भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २५-१९, २५-१८, २५-१९ ले हराएको थियो। नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिता आगामी साउन २३ गतेसम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *