भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिप २०२४ को विजेता र उपविजेता नेपाली टोली स्वदेश फर्किएका छन् ।

आईतबार बिहान नेपाल आईपुगेका नेपाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरत शाह र प्रशिक्षक जगदीश भट्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानको राजधानी थिम्पुस्थित चा‌ङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा नेपालले महिलतर्फको उपाधि जित्दा पुरुषतर्फ उपविजेता बनेको थियो ।

फाइनलमा कमला पुन र मनीषा चौधरीको जोडीले उज्बेकिस्तान ए टोलीलाई २-० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

यस्तै पुरुषतर्फको फाइनलमा भने मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्ससँग २-० को सोझो सेटमा पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो ।

दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *