घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

भारत १० अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो । भारतले इरानलाई माल्दिभ्सलाई पराजित गरेको थियो। यस्तै, नेपालसँग भने पराजित भयो ।

श्रीलंकाले भने चार अंकमात्रै जोड्न सक्यो । उसले माल्दिभ्सलाई पराजित गर्यो भने इरानसँग एक अंक खोस्यो । पाँच टोली सहभागी प्रतियोगितामा श्रीलंका चौथो स्थानमा रह्यो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा र भारतलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३-२ ले नतिजा सुम्पियो ।

लिग चरणका सबै खेल खेलिसकेको इरानले सात अंक जोड्यो । नेपालसँग एक खेल खेल्न बाँकी रहेकोमाल्दिभ्सको भने पाँच अंक रहेको छ। इरानले श्रीलंका, नेपालल र माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँँग हार ब्यहोरेको थियो ।

माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

काभाले लिगचरणमा शीर्ष स्थानमा रहनेले चौथो र दोस्रो स्थानमा रहनेले तेस्रो स्थानसँग सेमिफाइनलमा भिड्नेछन् । त्यसकारण नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपनि आठ अंक जोड्ने छ। यस्को मतलब नेपाल लिगचरणमा दोस्रो हुनेछ। पराजित भए नेपाल तेस्रो स्थानमा रहने छ। त्यसैले लिगचरणको अन्तिम खेलको नतिजाले नेपालको सेमिफाइनल समीकरण बिगार्ने छैन ।

यसअघि युवा खेलाडीले भरिएको इरानले नेपाललाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपाल त्यही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

नेपालले लिग चरणको अन्तिम खेलमा मालदिभ्ससँँग खेल्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह सबा ३ बजे देखि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *