पूर्व राष्ट्रिय च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले झापामा सम्पन्न छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको २ हजार रेटिङ‌मुनिको उपाधि जितेका छन् ।

नेपाल बुद्धिचाल महासंघको वार्षीक कार्यक्रम अन्तर्गतको प्रतियोगितामा १९३७ रेटेड पुरुषोत्तोमले सात चरणको क्लासिकल खेलमध्ये पाँच जित र दुई बराबरीसहित ६ अंक जोडे ।

राजेन्द्र राई ५.५ अंक बनाएर उपविजेता बन्दा समान अंक भए पनि धिरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोस्ट वीन नियमका आधारमापछि पर्दै तृतीय स्थानमा रहे ।

शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी युवा खेलाडी आशिष फुयाल चौथो, पुर्व विजेता कृष्ण थापा पाँचौं, निलम बस्नेत छैटौं, विकास मैनालीले सातौं, प्रेम लिम्बु आठौं, सुरोज महर्जनले नवौं र वलीमान गुरुङ १० औं स्थानमा रहे। उनीहरुले क्रमशः १२ हजार, १० हजार, आठ हजार, ६ हजार तथा पाँच हजार प्राप्त गरे ।

नाइट चेस क्लबको आयोजनमा सम्पन्न प्रतियोगितामो १७०० मुनिमा २३६२ रेटिङ पर्फोमेन्स गर्दै रञ्जित राईले उपाधि जिते । १६९९ रेटिङबाट खेल सुरु गरेका गरेका रञ्जितले अन्तिम दिन ६५.२ रेटिङ बढाए ।

नौ चरणको प्रतिस्पर्धामा रामहरी कार्की उपविजेता बन्दा कफि गुरुङले तेस्रो स्थान हासिल गरे । शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १५ हजार प्राप्त गरे ।

यसैगरी पूजा भण्डारी चौथो, शिभमकुमार विक पाँचौं, रोशन खड्गी छैटौं, कृष्णप्रसाद सिग्देल सातौं, सुरज सिंह आठौं खिलराज राई नवौं र राजन पहाडी १०औं स्थानमा रहे । उनीहरुले क्रमशः १२ हजार, १० हजार, आठ हजार, ६ हजार तथा पाँच हजार प्राप्त गरे ।

मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कुलको प्रमुख प्रायोजन रहेको प्रतियोगिता काँकडभिट्टा स्थित होटल व्यवसायी संघ सभाहलमा सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *