वर्ल्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुन जाने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिदाइ गरेको छ ।

सोपाताक्रो एसोसिएसन थाइल्यान्डको आयोजनामा आईएसटीएएफ वर्ल्ड सेपाताक्रो च्याम्पियनसिप तथा ३७औं थाइकिङ कपमा सहभागी हुने १३ सदस्य टोलीलाई परिषद्‌का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

भदौ १६ गतेदेखि २३ गते (सेप्टेम्बर १ देखि ८, २०२४) सम्म हुने च्याम्पियनसिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरू दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेशबहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागी हुँदैछन् ।

यस्तै, टिम नेशिर मास्के आइटिओ, जीतचन्द्र थापामगर टिम म्यानेजर, महेन्द्र राई र श्यामबहादुर श्रेष्ठ प्रशिक्षक तथा सोम माया थापामगर रेफ्रीका रूपमा सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *