नेपाली महिला भलिबल टोलीले रुससंग लगातार दोस्रो हार ब्यहोरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको रुससंगको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेट नेपालले २५-१४ ले गुमाएपनि दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
दोस्रो सेट नेपालले २५-२३ ले गुमायो । तेस्रो सेट पनि नेपालले २५-२३ ले गुमाउन पुग्यो ।
यसअघि हिजो भएको पहिलो खेलमा पनि नेपाल रुससंग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
