नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन्।
संघको पूर्ण बैठकले अध्यक्ष हरिप्रसाद धरेलले दिएको राजीनामा स्वीकृत गरी वरिष्ठ उपाध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरेको हो। बैठकले निवर्तमान अध्यक्ष धरेललाई सम्मानसहित बिदाइ गरेको छ।
त्यसैगरी संघको प्राविधिक टिमलाई संयोजन र समन्वयको जिम्मेवारी उपाध्यक्ष सुनारबहादुर गुरुङलाई दिइएको छ।
संघमा देखिएको सम्पूर्ण समस्या निराकरण गरी सातै प्रदेशको साधरणसभा गर्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिइएको छ। आगामी साउन २७ गते यससम्बन्धी बृहत् कार्यक्रम गर्ने निर्णय गरिएको संघले जनाएको छ।
