नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रिन्स दाहालले पेरिस ओलम्पिकमा सोमबार प्रतिस्पर्धा गर्दैछन् ।

जुडोकी मनिताता पहिलो चरणमा सर्वियन खेलाडी मारिका पेरिसिकको समाना गर्दैछिन् । महिला ५७ केजीमुनिको यो प्रतिस्पर्धा सोमबार डी मार्स एरिनामा नेपाली समयअनुसार दिउँसो १:४५मा सुरु हुनेछ ।

यो खेलको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन् ।

यसैगरी ब्याडमिन्टनका प्रिन्स दाहालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डका नाट गुयेनको सामना गर्नेछन् । यो खेल राति १२:५५ पछि सुरु हुनेछ ।

समूह ‘पी’ को पहिलो खेलमा प्रिन्सले विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टर एक्सेल्सनसँग २-० सेटको हार ब्यहोरेका थिए ।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *