टी-२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको छ । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

३ खेलबाट ३ जित हासिल गर्दै वेस्ट इन्डिजले ६ अङ्क बटुल्न सफल भएको छ । दोस्रो खेल खेल्दा न्युजिल्यान्ड भने जितविहीन छ । न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग स्तब्ध बनेको थियो ।

सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।

बिहीबार भएको समूह सी अन्तरगतको खेलमा न्युजिल्यान्ड १३ रनले पराजित भएको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *