टी-२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८.५ ओभरमा पछ्याएको हो । टोलीका लागि डेभिड मिलर नायक बने । उनले ५१ बलमा नटआउट रहँदै ५९ रन बनाएर टोलीलाई जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जरबर्चटले सर्वाधिक ४० रन बनाए । उनले ४५ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनलाई लोगन भान विकले २३ रन बनाउँदै साथ दिए । विक्रमजित सिंहले १७ बलमा १२ रन तथा कप्तान स्कट एडवार्डले ९ बलमा १० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि ओटनियर बार्टम्यानले ४ विकेट लिए भने मार्को यानसेन र एनरिच नोर्टजेले २- २ विकेट हात पारे ।

समूह डीमा साउथ अफ्रिकाको दोस्रो जित हो । पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।नेदरल्यान्ड्सले भने पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *