फ्लोरिडाको खराब मौसमका कारण आजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको सेन्ट भिसेन्ट (वेस्ट इन्डिज) उडान रद्द भएको छ।

आईसीसी टी-२० विश्वकप अन्तर्गत अमेरिकामा समूह चरणका दुई खेल पछि नेपाली टोली आज फ्लोरिडाको स्थानीय समय अनुसार साँझ ६ बजे सेन्ट भिन्सेन्ट जाने योजना थियो।

नेपाली टोली फ्लोरिडाबाट चाटर्ड विमानमार्फत सेन्ट भिन्सेन्ट जाने तालिका थियो। तर खराब मौसमका कारण उडान रद्द भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक प्रदीप मजगैयाँले बताए।

मजगैयाँका अनुसार भोलि पनि फ्लोरिडाको मौसम खराब रहने पूर्वअनुमान छ। जसका कारण भोलि पनि उडान हुने सम्भावना न्यून रहेको बताइएको छ।

वर्षाकै कारण हिजो मात्र फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा खेलिने तालिका रहेको नेपाल र श्रीलंकबीचको खेल रद्द भएको थियो।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। विश्वकप अन्तर्गत अमेरिकाका आफ्ना दुई खेल सकेको नेपालले अब शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसाग खेल्ने तालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *