टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । गएराति समूह ए अन्तरगतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ७ रनको लक्ष्य पाएको पाकिस्तानले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जीत भेट्टायो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजमले जितको आधार तयार गरे । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।

कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए । उनले यस क्रममा १ चौका र १ छक्का प्रहार गरे । सैम अयुवले ६ र फखरले जमानले चार रन जोड्दा उस्मान खानले दुई रन थपे ।

रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए । उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनी अविजित रहे । यसअघि क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो ।

क्यानडाका आरोन जेन्सनले सर्वाधिक ५२ रन बनाए । कलिम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानका मोहम्मद आमिर र ह्यारिस रौफले समान दुई विकेट लिए । साहिन साह अफ्रिदी र नसिम साहको नाममा समान एक विकेट लिए । 

समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन् । पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंकविहिन छ। अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ।

प्रतियोगिता अन्तर्गत हाल अष्ट्रेलिया र नामिबियाबीचको खेल जारी छ भने राती भारत र अमेरिका खेल्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *