विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा गण्डकीले एपिएफलाई ३-१ सेटले पराजित गरेको हो।

गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो। तर, दोस्रो सेट भने १९-२५ ले गुमायो। तर, तेस्रो र चौथो सेट २५-२० र २५-१९ ले जित्दै गण्डकी विजयी सुरुआत गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *