तेस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् ।

पेरिसस्थित फिलिपे क्याट्रियर कोर्टमा आइतबार सम्पन्न फाइनलमा अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेवविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाले ।

अल्कारेजले खेल पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेका थिए तर उनले त्यसपछिका दुई सेट २-६, ५-७ ले गुमाए ।

चौथो र पाँचौं सेट क्रमशः ६-१, ६-२ जित्दै अल्कारेज पहिलो पटक च्याम्पियन बने ।

सेमिफाइनलमा अल्कारेजले इटालियन स्टार जानिक सिनर तथा जेभरेवले नर्वेका कास्पर रुडलाई पराजित गरेका थिए ।

यसैगरी महिला एकलतर्फ विश्व नम्बर एक पोलिस स्टार इगा स्वायटेक च्यम्पियन बनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *