टि-२० विश्वकपको अन्तिम तयारीमा रहेको भारतले अभ्यास खेलमा बंगलादेशमाथि सहज जित निकालेको छ ।

सनिवार राति भएको खेलमा बलियो भारतले बंगलादेशमाथि ६० रनको सहज जित निकालेको हो ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नासो काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १८३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १२२ रन जोड्न सक्यो ।

बंगलादेशका लागि महमुदुल्लाहले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेर रिटायर्ड आउट हुँदा सकिब अल हसनले ३४ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २८ रन जोडेर पेविलियन फर्किए।

त्यस्तै, ओपनर ब्याट्सम्यान तान्जिद हसनले १८ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा तौहिद हृदयले १४ बल खेल्दै १ चौका मद्दतमा १३ रन जोडेर पेविलियन फर्किए ।

बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विकेटकिपर लिटन दासले ६ र रिशाद हुस्सेनले ५ रन जोड्‌दै आउट हुँदा कप्तान नाजमुल हुस्सेन शान्तो, अर्का ओपनर सौम्य सरकार र जाकेर अली शुन्य रनमा पेविलियन फर्किए ।

माहेदी हसन ३ र तान्जिम हसन सकिब १ रनमा अविजित रहे ।

बंगलादेशले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

बंगलादेशमाथि जित निकाल्न भारतका लागि अर्शदिप सिंहले ३ ओभर बलिङ गर्दै १२ रन दिएर २ विकेट लिँदा शिभम् दुबेले ३ ओभर बलिङ गर्नेक्रममा १३ रन दिएर २ विकेट लिए ।

त्यस्तै, जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेया र अक्षर पटेलले पनि समान १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८२ रन जोड्यो ।

भारतका लागि रिशभ पन्तले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको अर्धशतकिय पारी खेल्दै रिटायर्ड आउट हुँदा हार्दिक पाण्डेयाले २३ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ४० रन जोडेर अविजित रहे ।

त्यस्तै, सुर्यकुमार यादवले १८ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३१ रन जोड्दै पेविलियन फर्किदा कप्तान रोहित शर्माले १९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट भए ।

यता, शिभम् दुबेले १६ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा विकेटकिपर सन्जु सामसन भने १ रनमा पेविलियन फर्किए ।

रविन्द्र जडेजा ४ रनमा अविजित रहे ।

भारतले अतिक्ति रुपमा १६ रन जोड्यो ।

बंगलादेशका लागि माहेदी हसन, शोरिफुल इस्लाम, महमुदुल्लाह र तानभिर इस्लामले समान १-१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *