पोखरा – यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ।
पोखरामा भएको प्रतियोगितामा कुल २४ पदक हात पार्दै बागमती च्याम्पियन बनेको हो। बागमतीले ११ स्वर्णसहित ६ रजत र ७ काश्य पदक जित्यो।
६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो। लुम्बिनीले ३ रजत र १० काश्य जित्यो।
घरेलु मैदानमा भएको प्रतियोगितामा गण्डकीले तेस्रो स्थानमा चित्त बुझाएको छ। ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै गण्डकी तेस्रो हुन सफल भएको हो।
कर्णालीका खेलाडीले ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते।
कोशीले एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिमले एक स्वर्ण, दुई रजत र ५ काश्य, मधेशले एक स्वर्ण, दुई रजत र एक काश्य पदक हासिल गरेको छ।
बास्केटबलतर्फ दुवै स्वर्ण पदक बागमतीले जित्यो। गण्डकीले दुई रजत जित्न सफल भयो। कोशी र कर्णालीले समान एक पदक जिते।
टेबल टेनिसमा बागमतीले ५ स्वर्णसहित ३ रजत र २ काश्य पदक जित्न सफल भयो। कोशीले २ रजत र २ कास्य प्राप्त गर्यो। ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो। गण्डकीले २ कास्य जितेको हो।
रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जित्यो फाइनलमा कोशी र बागमती प्रदेशलाई पराजित गर्दै कर्णालीले दुई स्वर्ण पदक जितेको हो। छात्रतर्फ कोशी र छात्रातर्फ बागमतीले एकएक रजत पदकमा चित्त बुझाए। मधेश र सुदूरपश्चिमले एकएक काश्य पदक जिते।
एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिमले सर्वाधिक पदक जित्यो। गण्डकीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भयो। लुम्बिनीले ३ स्वर्ण, २ रजत र ६ कास्य, कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक जित्न सफल भए। मधेश, कोशी र सुदूरपश्चिमले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल गरे। बागमतीले १ स्वर्ण १ रजत र २ कास्य पदक जित्दै अन्तिममा रह्यो।
ब्याडमिन्टनमा पनि बागमती पहिलो बनेको छ। दुई स्वर्ण र तीन काश्यसहित पहिलो बनेको हो। दुई स्वर्णसहित लुम्बिनी दोस्रो, एक स्वर्ण चार रजत र दुई कास्यसहित गण्डकी तेस्रो बन्यो। कोशी प्रदेशले दुई रजत र चार पदक जिते।
बुद्धिचालमा लुम्बिनी र बागमती प्रदेशले एकएक स्वर्ण पदक जितेका छन्। छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमतीले समान एक स्वर्ण एक रजत जिते। दुवै काश्य पदक सुदूरपश्चिमले जित्न सफल भयो।
