ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक प्ले स्क्रयाच फर्म्याटमा भएको २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराईले प्रकृत तामाङलाई एक स्ट्रोकले हराउँदै पहिलो स्थान हात पारे। उनले ७ ओभर ७५ स्कोर गरे। ८-ओभर ७६ सहित प्रकृत दोस्रो भए। १२- ओभर ८० सहित सुशान्त कँडेल तेस्रो भए।

महिला यु-२१ तर्फ ८७ स्कोरका साथ आइसटिना टण्डनले स्वर्ण पदक हात पारिन। अनभद्या मल्लले रजत र अवानी राईले कास्य पदक हात पारे।

पुरुष १३ देखि १६ वर्ष सम्मको उमेर समूहमा जयवीर आचार्यले पहिलो स्थान प्राप्त गरे। कूल १२-ओभर ८० खेलेका उनले इदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए। ८६ स्कोरसहित इदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो भए।

पुरुष १० देखि १२ वर्ष उमेर समूहमा आरोह न्यौपाने पहिलो र आर्यब शाह दोस्रो भए। नौ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यबले ५५ स्कोर गरे।

नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ संघद्वारा संयुक्त रूपमा आयोजित एक दिने प्रतियोगितामा कुल २४ खेलाडीको सहभागिता रहेको थियो। विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य टासी घले, नेपाल गल्फ संघका कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ संघका क्याप्टेन मिथुन राई र लेडि क्याप्टेन आर्मीया बानुले पुरस्कार वितरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *