काठमाडौँ । भारतको गोवामा यही जुन २१ देखि २३ सम्म भएको ७ औं एसियन खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका अमृत तामाङले १ स्वर्ण र १ रजत पदक जितेका छन् ।

इन्डीयन तेक्वान्दो काउन्सिल द्वारा आयोजित प्रतियोगितामा अमृतले गुर्फ पुम्से २०-३० उमेर तर्फ स्वर्ण र केरुगि तर्फ रजत पदक जितेका हुन् ।

अमृतले नेपालबाट नागार्जुन नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी नागार्जुन नगर तेक्वान्दो विकास समितीका सचिव पनि हुन् ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, घाना र टोगो गरी ६ राष्ट्रका खेलाडीहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *