नेपालका आयुष ढुङ्गेलले प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
बिहीबार बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बङ्गलादेशका अल सुवेद राइमलाई पराजित गरेको टिम व्यवस्थापक प्रदीप थापा मगरले जानकारी दिए । यसअघि आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गरेका थिए ।
पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्ण पदक हासिल गरे । पुरुष ४५ केजीमा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि कास्य पदकमा सीमित भए ।
