कर्णाली प्रदेश पोखरा राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको च्यम्पियन बनेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा कर्णालीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १५-७ ले पराजित गर्यो ।

विजेता कर्णालीले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ पाएको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १०-७ ले हरायो । तेस्रो स्थान हासिल गरेको एपिएफले २० हजार रुपैयाँ पायो ।

प्रतियोगितामा सात प्रदेश सहित विभागबाट आर्मी र एपिएफ गरि ९ टोली सहभागी थिए ।

पोखरामहानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *