विश्व वरियता क्रममा शिर्ष स्थानमा रहेकि इगा स्वियातेक फ्रेञ्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेकि हुन् । इगाले सेमिफाइनलमा तेस्रो वरियता प्राप्त अमेरिकि खेलाडी कोको गोफलाई सोझो सेट ६-२, ६-४ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकि हुन् ।

इगा र गोफका बिच अहिलेसम्म क्ले कोर्टमा १२ पटक भिडन्त भएको छ । जस्मा इगाले ११ पटक र गोफले १ पटक जित हासिल गर्न सफल भएका छन्। इगाले क्ले कोर्टमा लगातार गोफलाई पराजित गरेको यो तेस्रो पटक हो । यसमा सन् २०२२ को फाइनल र २०२३ को क्वाटर फाइनल खेल समेत सामेल छ ।

फ्रेञ्च ओपनमा यसअघि जस्टिन हेननले लगातार तीन पटक फ्रेञ्च ओपनको उपाधि जितेर कीर्तिमान राखेकि थिइन् । यदि इगाले सन २०२४ को फ्रेञ्च ओपनको उपाधि जिते उनी हेननको बराबरी गर्न सफल हुने छिन् । त्यसको लागि अब उनी कदम मात्र टाढा छिन् । इगाले अहिले सम्म चारवटा ग्ग्राण्ड स्ल्यामको उपाधि जितिसकेकि छिन् ।

आज शुक्रवार हुने दोश्रो सेमिफाइनलको विजेतासंग फाइनलमा इगाको भिडन्त हुनेछ । आज रुसकि गैर वरियता प्राप्त १७ वर्षिय मीरा एन्ड्रिवा र इटालीकि १२ औं वरियता प्राप्त ज्यास्मिन पाओलिनीका बिच दोश्रो सेमिफाइनल भिडन्त हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *