विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार पुरुषतर्फ आर्मीले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा हरायो ।

आर्मीले खेल २५-१५, २५-२०, २५-२० ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै आर्मीले दुई खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको बूढानीलकण्ठ अंकविहिन छ ।

पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको थियो । बूढानीलकण्डले हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-१ सेटमा हार ब्यहोरेको थियो ।

यसैगरी आइतबार नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ तथा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *