उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो। दुर्गाप्रसादले यसअघि विपक्षी झिकाउने र आदेश गरेकाले आज हेर्न नमिल्ने सूचीमा राखिएको जनाइएको छ ।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजालसले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। जिल्ला अदालले गौशाला २६ नाबालिग नरहेको भनेको थियो।

जिल्ला अदालतको सो फैसला नमिलेको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

त्यसअघि सन्दीपले जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए। त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *