गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैंयाँ सहयोग गरेको छ।

फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो। फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए।

‘हाम्रो प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरुलाई प्रोत्सानको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने।

फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो। फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ। फिल्मको कथा पनि स्वंयम् निर्देशक सुब्बाले नै लेखेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन्। विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *