पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड २३ रनले विजयी भएको छ ।

जितसँगै इंग्ल्यान्डले चार खेलको शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाकाका कारण रद्द भएको थियो

एजब्यास्टन क्रिकेट मैदानमा शनिबार इंग्ल्यान्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १६० रनमै समेटियो ।

पाकिस्तानका लागि फखर जमानले ४५, कप्तान बाबर आजमले ३२, इफ्तिखर अहमदले २३, इमाद वासिमले २२ र आजम खानले ११ रन बनाए ।

तेस्रो विकेटका लागि फखर र बाबरले ५३ रनको साझेदारी गरे । इल्यान्डका लागि रिस टोप्लीले तीन, मोइन अली र जोफ्रा आर्चरले समान दुई तथा क्रिस जोर्डन, आदिल राशिद र लियम लिभिङस्टोनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८३ रनको योगफल तयार पारेको थियो ।

इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ५१ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८४ रन बनाए । यसैगरी विल ज्याक्सले ३७, जोनी बेयरिस्टोले २१, फिल साल्टले १३ र जोफ्रा आर्चरले अविजित १२ रन बनाए ।

दोस्रो विकेटका लागि जोस र विलले ७१ रनको साझेदारी गरे । पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले तीन तथा वासिम अहमद र हरिस रौफले समान दुई विकेट लिए ।

शृंखलाको तेस्रो खेल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *