क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जीभीपी युके लन्डनले जितेको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनलमा जीभीपीले जनकल्याण पोखरा-११ लाई ३-१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।

जीभीपीले जनकल्याणलाई २५-१९ ले जित्यो। उपाधि विजेता जीभीपीले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गयो।

उपविजाते जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल संघ तृतीय भयो।

शनिबार भएको तेस्रो स्थानको खेलमा माछापुच्छ्रेले माछापुच्छ्रे गुराँसे भुमेलाई ३-२ को सेटमा पराजित गर्दै तेस्रो भएको हो।

माछापुच्छ्रेले भुमेलाई २५-२३,२५-२०,२१-२५ र २५-१६ ले जित्यो। तेस्रो भएको माछापुच्छ्रेले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गयो। सान्त्वना भएको भुमेले २० हजार रुपैयाँ प्राप्त गर्यो। जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा उदीयमान जनकल्याणका सन्तोष श्रेष्ठ, उत्कृष्ट ब्लकर जीभीपीका चीरण खड्का, सर्भर जनकल्याणका भूपेन गुरुङ, सेटर जीभीपीका देवेन्द्र परियार, लिब्रो जीभीपीका राजन दलार्मी मगर, स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक जीभीपीका अशोक मल्ल र सर्वोत्कृष्ट खेलाडी जीभीपीका उमेश सेन्चुरी चुनिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *