इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच खेल थियो । उक्त खेलमा विजयी भएको भए राजस्थान रोयल्स प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने दोस्रो टोली बन्ने थियो । तर, नतिजा राजस्थानका समर्थकले सोचेभन्दा बिल्कुलै फरक आयो । अर्थात, उक्त खेलमा चेन्नईले राजस्थानलाई पाँच विकेटले पराजित गर्यो । जितसँगै चेन्नईले प्ले-अफ चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ भने राजस्थानले अगाडिको यात्रा तय गर्न थप प्रतिक्षा गर्नु पर्ने भएको छ ।
तर, चेन्नई र राजस्थानबिचको खेलमा रविन्द्र जडेजाको आउटको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । दुबै टोलीका प्रशिक्षकले पनि यस विषयमा आ-आफ्नो धारणा राखेका छन् । खासमा खेलका क्रममा चेन्नईका ब्याट्सम्यान रविन्द्र जडेजालाई अम्पायरले ‘अब्सट्रेक्टिङ दी फिल्ड’ आउट दिएका थिए । खेलका क्रममा मैदानमा अवरोध श्रृजना गरेको आरोपमा ब्याट्सम्यानलाई ‘अब्सट्रेक्टिङ दी फिल्ड’ आउट दिइन्छ ।
