नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले स्पेन भएको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो स्थान हासिल गरेकी छन् ।

स्पेनको क्यानरी आइल्यान्डस्थित भोल्क्यानिक आइल्यान्ड पाल्मामा भएको ७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथन पूरा गर्न सुनमायाले ८ घन्टा २० मिनेट ३१ सेकेन्ड लगाइन् ।

पहिलो भएकी रुथ क्रोफ्टले ८ पँन्टा २ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो स्थानमा रहेकी इदा निल्सनले ८ घण्टा १६ मिनेट ३२ सेकेन्ड समय खर्चिइन् ।

ट्रान्सभुल्कानिया विश्वकै कठिन रेस मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *