सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको ५ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् ।

सबैका लागि खेलकुदको अवसर सिर्जना गरिने भन्दै अर्थमन्त्री पुनले महिलाको पहुँच पनि बढाइने बताए ।

बजेटमा खेलकुदको आधारभूत तालिमको व्यवस्था गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

एसियाली र दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी गर्ने, खेलकुदमा उत्कृष्ट नतिजा निकाल्ने खेलाडीलाई प्रोत्साहन गर्ने घोषणा गरिएको छ ।

नेपालको परम्परागत बागचाल, डन्डिबियो, घोडचरी जस्ता खेललाई प्रवर्द्धन गर्नुका साथै आधुनिक प्रविधिसँग जोडिएका खेलकुद प्रतियोगिता आयोजना गर्ने अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *