nSundeep Jora of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसामू १२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११९ रनको योगफल तयार पार्यो ।  

नेपालका लागि सन्दीप जोराले ४० बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । अन्तर्राष्ट्रिय ट्वान्टी २० मा सन्दीपको यो तेस्रो अर्धशतक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *