नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ‌विरुद्ध दायर गरेको अपहेलना सम्बन्धि मुद्दा खारेज भएको छ।

तेक्वान्दो संघले गत जेठ २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्दा बुधबार खारेज भएको हो । राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ विघटन गरी तदर्थ समिति गठन गरेको भन्दै नेपाल तेक्वान्दो संघले अदालतको अपहेलना सम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

तर, उच्च अदालत पाटनले बुधबार अपहेलना मुद्दा सम्बन्धमा दाबी नपुग्ने भन्दै खारेज गरिदिएको छ । त्यसअघि नेपाल तेक्वान्दो संघले नै जेठ १८ गते युवा तथा खेलकुद मन्त्रालयसहित आठ जनाविरुद्ध दायर गरेको उत्प्रेषण मुद्दामा भने रिट जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *