कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ ।

बुधवार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्‌को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामी चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुनेछ ।

कार्यक्रममा परिषद्‌का सदस्य सचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या जम्मा २१५ जनाको रहेकोमा यो वर्ष ७०० भन्दा माथिको सङ्ख्यामा सहभागिता गराउने टिम पनि रहेको बताए । सहभागीको स‌ङ्ख्यालाई हेरेर ढोका बन्द नगर्ने भन्दै उनले यसका निम्ति बजेटको व्यवस्था पनि गरेको जानकारी गराए ।

उनले भने, ‘विगतको नवौँ राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या हेर्ने हो भने जम्मा २१५ जनाको सहभागिता थियो । तर अहिले चाहिँ सात सय भन्दा माथिको सहभागिता गराउने टिम पनि छ । २०० र ७०० बीचको प्रतिस्पर्धाले के हुन सक्छ भन्ने पनि छ । तर यसमा हामीले ढोका बन्द गरेको छैनौँ । यसका निम्ति पनि बजेटको व्यवस्था गरेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *