ललितपुर । ललितपुर महानगरपालिका वडा २० का एरिश शाक्यले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन् ।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंमा भइरहेको प्रतियोगिताको फाइनलमा एरिशले वडा १६ का रिजन शाक्यलाई ११-७, ८-११, ११-७ र ११-९ को सेटमा पराजित गरे । वडा ९ का सोयम महर्जन र वडा २० का शंकर श्रेष्ठ तेश्रो भए ।
