राष्ट्रिय कोचिङ सेमिनार शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थ कार्यक्रमअन्तर्गत सेमिनार सञ्चालन गरिएको हो ।

नौपटककी राष्ट्रिय च्याम्पियन तथा अमेरिकाको युनिभर्सिटी अफ डेलावेरबाट आईसीइसीपीमा स्नातक गरेकी नविता श्रेष्ठले सहभागीलाई प्रशिक्षण दिइरहेकी छिन् । ४ पुरुष र १३ महिला गरी १७ जना सहभागी छन् । सेमिनार आइतबार सम्पन्न हुनेछ ।

आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थअन्तर्गत यो तेश्रो कार्यक्रम हो । पहिलो चरणको कार्यक्रम भर्चुअल भएको थियो । दोश्रो चरणको कार्यक्रम अनसाइट प्रोजेक्ट एट एसियन कन्टिनेन्टल होप्स एन्ड च्यालेन्ज जोर्डनको अम्मानमा भएको थियो ।

त्यसमा नविता सहभागी भएकी थिइन् । विशेषगरी महिला लक्षित यो कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरिएको नविताले जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *