अमेरिका विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको छ
डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रवार बिहान भएको खेलमा नेपालले दिएको दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र जोड्न सक्यो । यस जितसँगै नेपालले तीन खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ ।
प्रत्युत्तरमा ब्याटिङ सुरु गरेको अमेरिकाले पहिलो पावर प्ले मै तीन विकेट गुमाएपछि दबाबमा आएको थियो । दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार दुई विकेट लिएपछि नेपाल सहज अवस्थामा आएको थियो ।
अमेरिकाको लागि शयन जहान्गिरले ३४ बलमा सर्वाधिक ६० रन बनाए । यसबोहक आन्द्रेस गौसले ३० तथा मिलिन्द कुमारले २२ रन बनाएका हुन् ।
नेपालको लागि दीपेन्द्रले तीन तथा रिजन ढकाल, करण केसी र गुल्शन झाले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालको लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरील्को २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए । गुल्शन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए ।
अमेरिकाको लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए ।
अमेरिका र नेपालबीच तीन द्वान्टी २० खेल आयोजना हुँनेछन् । त्यसपछि दुबै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन् । लिग २ को श्रृंखलामा नेपाल र अमेरिकासहित साविक च्याम्पियन स्कटल्यान्ड हुनेछ ।
नेपालले दोस्रो खेल आइतबार बिहान खेल्नेछ ।
