नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर २०२४ मा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप एशिया क्वालिफायरको तयारीस्वरूप १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनौट गरेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, बन्द प्रशिक्षण असोज ३०, २०८१ देखि भैरहवामा सुरु हुनेछ । यो प्रशिक्षण आगामी महत्त्वपूर्ण प्रतियोगितामा नेपालको प्रदर्शनलाई बलियो बनाउन लक्षित गरिएको हो ।

छनौट भएका खेलाडीहरूमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी, कृश्मा गुरुङ, ज्योत्स्निका मरासिनी, स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर, र रन्जु श्रेष्ठ रहेका छन् ।

यस बन्द प्रशिक्षणको उद्देश्य युवा खेलाडीहरूको क्षमता विकास गर्दै उत्कृष्ट टोली निर्माण गर्नु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *