भारतविरुद्धको मैत्रीपूर्ण खो खोमा नेपाल पराजित भएको छ । पुरुषतर्फ चार खेलको श्रृंखला नेपालले ४-० ले गुमायो ।

नेपाल खो खो संघको आयोजनामा मंगलबार कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फका दुवै खेलमा पनि नेपाल पराजित भयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन, वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *