पहिलो संंस्करणको एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली यश्विज च्याम्पियन बनेको हो ।
सुरुआतका दुई सेट २५-१७ र २५-२० ले आफ्नो पक्षयमा पारेको कर्णालीले त्यसपछि लगातार दुई सेट गुमायो । ललितपुरले तेस्रो सेटमा २५-१२ चौथो सेटमा २५-१८ ले जित्यो ।
पाँचौँ तथा निर्णायक सेट कर्णालीले १५-१३ ले जित्यो ।कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो ।
