नेपाल पाँचौं इन्डो-नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।

बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो। त्यसमा नेपालको सरस्वती डोजो, गोकर्णेश्वरले ११ स्वर्ण, २ रजत र २ कांस्य योगदान गर्यो ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा भारतले ४ स्वर्ण, २ रजत र ५ कांस्य हात पार्यो । पुरुषमा नेपालका रोहन जिम्मी र महिलामा नेपालकै प्रशंसा पहरी उत्कृष्ट खेलाडी घोषित भए ।

दुईदिने प्रतियोगितामा १७० खेलाडीले १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *