एभरेस्ट महिला भलिबल (इडब्ल्युभिएल) का लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले थाइल्यान्डका तीन खेलाडीलाई अनुबन्ध गरेको छ ।

स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ र पत्राथिप सान्त्रकोनले ललितपुरबाट लिग खेल्ने छन् । यससँगै ललितपुरले आफ्नो १२ सदस्यीय टोली तयार पारेको छ ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।

प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।

ललितपुरले उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सको सामना गर्नेछ ।

ललितपुरको टोली

सलिना श्रेष्ठ (मार्की), पुनम चन्द, कामना विष्ट, साफिया पुन, निशा चौधरी, नेहा चौधरी, भावना तामाङ, अनुषा चौधरी, ज्याक्युशा थापा (ट्यालेन्ट हन्ट), स्टाड्ता चुइलिम, वारन्या श्रीलोङ, पत्राथिप सान्त्रकोन (तीनै खेलाडी थाइल्यान्डबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *