कराते खेलाडी एरिका गुरुङ २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि फाइनलमा पराजित भएकी छिन्।

एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित भएकी हुन्। यो पराजयसँगै उनि ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेकी हुन्।

यसअघि शुक्रबार लगातार तीन बाउट जितेर उनले फाइनलमा स्थान सुरक्षित गरेकी थिइन। उनले प्री- क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन्। उनी व्यक्तिगततर्फ एसियन गेम्समा रजत जित्ने दोस्रो नेपाली खेलाडी हुन्। एसियाडमा करातेमा रजत पदक जित्ने एरिका पहिलो खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *