टेनिस खेलाडी शिभाली गुरुङ प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागी हुन सोमबार कम्बोडिया जाने भएकी छन्।

शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटीएफ यु-१४ हाइ पर्फमेन्स तालिममा सहभागी हुनेछिन्। त्यसपछि जीएसपीडीपी एसियन यु-१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। प्रतियोगिता सेप्टेम्बर ९ देखि १३ तारिखसम्म हुनेछ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) र एसियाली टेनिस महासंघ (एटीएफ) को स्वीकृतिमा हुन लागेको प्रतियोगिता र तालिम टेनिस कम्बोडियाले आयोजना गर्न लागेको हो।

शिभालीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले सफलताको शुभकामना दिँदै आइतबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाइ गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *