नेपाल र भारतका तीस बक्सरहरू सिजिजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन् ।

सिजिजी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रूपमा फाइट नाइट आइतबार इखादोल नागार्जुनमा हुनेछ । प्रतियोगिताको विशेष सहयोगीको रूपमा नेपाल बक्सिङ महासंघ रहेको छ ।

प्रतिगोतिमा दुई देशका तिस खेलाडीले सहभागिता जनाउने छन् । नेपालबाट सिगिगी, एचतुओ, फाइट प्रोमोसन, थानकोट बक्सिङ क्लब, बक्समान्डु, बोसीगाउँ स्पोर्ट्स क्लब, स्वीट साइन्स क्लबका बक्सरहरूले सहभागिता जनाउने छन् ।

नेपालबाट सिगिगी, एचतुओ, फाइट प्रोमोसन, थानकोट बक्सिङ क्लब, बक्समान्डु, बोसीगाउँ स्पोर्ट्स क्लब, स्वीट साइन्स क्लबका बक्सरहरूले सहभागिता जनाउने छन्।

भारतका दुई बक्सिङ क्लबहरू एसएम बक्सिङ एकेडेमी र गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३० बाउट हुने छन् । विजेताहरूले पदक प्राप्त गर्ने छन् ।

प्रतियोगिता साँझ ४ बजे सिजिजी स्पोर्ट्स हबको परिसरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *